भिक्षु, व्यापार र विद्रोह: नेपालको भोट- चिन सम्बन्ध र भारत, Bhikshu, Byapar ra Bidroha
15%
gallery
product
gallery

भिक्षु, व्यापार र विद्रोह: नेपालको भोट- चिन सम्बन्ध र भारत, Bhikshu, Byapar ra Bidroha

By: सुधीर शर्मा
Publisher : किताब Publishers
यस पुस्तकले मूलतः चीनतिर चियाउँदै दुई ठूला छिमेकीबीच नेपालको ३ करिब १,५००/- वर्षे उथलपुथलपूर्ण यात्रालाई केलाएको छ ।
Price: Rs. 765 Rs. 899
Save Upto Rs 134
Quantity:

About the Book

लासा र सिगात्सेका दरबार र गुम्बाहरू घुम्दा होस् वा बेइजिङका लामा मन्दिर र श्वेत चैत्यको परिक्रमा लगाउँदा त्यहाँ नेपाली कलाको स्पष्ट सुवास आउँछ । ग्रेटवालदेखि सियानका बौद्ध मन्दिरहरूसम्म हाम्रो रुजना लिपि कुँदिएको भेटिन्छ । काठमाडौँमा विकसित वजयान बुद्ध धर्मको प्रभाव त्यहाँ यत्रतत्र देखिन्छ । यस्तो किन भयो भने- नेपालले कुनै बेला गङ्गातट र तिब्बती । पठारलाई, पटना र पोतालालाई, बनारस र बेइजिङलाई जोड्ने भूमिका खेलेको थियो ।

काठमाडौं उत्तर-दक्षिण अन्तरदेशीय व्यापारको केन्द्र 'अन्द्रपो' बनेको थियो । यो ठाउँ भारत-भोट-चीनबीच ज्ञान र प्रविधि आदानप्रदानको सङ्गमस्थल भएको थियो । भारतबाट सक्खर (चिनी) बनाउने विधि चीन जाँदा होस् वा चीनबाट कागज बनाउने विधि भारत पुग्दा, नेपाल नै त्यसको माध्यम थियो । यताबाट बुद्धको विचार हिमालपारि गएको थियो, उताबाट' माओको राजनीतिक विचार यता आएको थियो ।

धर्म, कला, व्यापार र विद्रोह हिमालपार सम्बन्धका अभिन्न अङग बनेका थिए । यस पुस्तकले मूलतः चीनतिर चियाउँदै दुई ठूला छिमेकीबीच नेपालको ३ करिब १,५००/- वर्षे उथलपुथलपूर्ण यात्रालाई केलाएको छ । लेखक सुधीर शर्माले गरेका स्थलगत भ्रमण, स्रोतव्यक्तिहरूसँगको अन्तर्वार्ता, अप्राप्य दस्तावेजहरूको विश्लेषण र थुप्रै शोध सामग्रीहरूको अध्ययन पुस्तकमा प्रतिविम्बित हुन्छ ।

 

Related Products

View All
Naya Ishwar Ko Ghoshana | नयाँ ईश्वरको घोषणा

Naya Ishwar Ko Ghoshana | नयाँ ईश्वरको घोषणा

Rs. 300
Nuptse and Lhotse in Nepal

Nuptse and Lhotse in Nepal

Rs. 980
The Official Guide to the TOEFL iBT Test
5%

The Official Guide to the TOEFL iBT Test

Rs. 2,280 Rs. 2,400
Save Upto Rs 120
Sati (सती)

Sati (सती)

Rs. 700
Aina | ऐना

Aina | ऐना

Rs. 450
Ijoriya | इजोरिया
15%

Ijoriya | इजोरिया

Rs. 636 Rs. 748
Save Upto Rs 112