Chakravyuh Ma Nepalko Jalsrot  |  चक्रव्यूहमा नेपालको जलस्रोत
gallery
product
gallery

Chakravyuh Ma Nepalko Jalsrot | चक्रव्यूहमा नेपालको जलस्रोत

By: Dwarikanath Dhungel
Publisher : Simal Books Publication
Price: Rs. 2,500
Quantity:

About the Book

महाकाली सन्धिलगायत स्मेक र पश्चिम सेती, एनरोन र कर्णाली चिसापानी, कोसी उच्च बाँध जस्ता जलस्रोत सम्बद्ध जल्दाबल्दा मुद्दाहरुबारे सरकार र राजनीतिक दलको नेतृत्व वर्गमा के कस्तो चासो हुँदो रहेछ भनेर पढ्न र बुझ्न चाहने नयाँ पुस्ताका लागिसमेत यो पुस्तक महत्वपूर्ण र उपयोगी छ ।

- दीपक ज्ञवाली, प्राज्ञ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) एवं पूर्व जलस्रोतमन्त्री

यस सामग्रीमा नेपालको जलस्रोत-राजनीति सम्बद्ध घटनाहरू सिलसिलेवार तवरले राखिनुका अतिरिक्त नयाँ पुस्ताले सिक्नुपर्ने पाठहरू पनि जताततै पाइन्छन् । साथै महाकाली सन्धिका विषयमा भारतीय राजदूत र राजदूतावासको सक्रियता करती रहेको थियो भन्ने प्रसङ्ग पनि सविस्तार पढ्न पाइन्छ ।

- डा. प्रचण्ड प्रधान, पूर्व डीन, व्यापार, वाणिज्य तथा जनप्रशासन अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय र संरक्षक, किसान व्यवस्थित सिंचाइ प्रवर्द्धन गुठी

ऐनारूपी यस पुस्तकमा लेखकले जलस्रोत सचिव छँदा कति ठाउँमा हेपिनु, खेदिनु र खप्की खानु पयो ती सबै सन्दर्भ उल्लेख गरेका छन्। साथै सरकार के हो ? राजनीति के हो ? राजनीतिक पार्टी के हुन्? नेता के हुन्, कस्तो हुन्? उनीहरु कोबाट परिचालित छन् ? कसका अगाडि निरीह देखिन्छन् ? त्यसैको छनक पनि यो सामग्रीमा सहजै पाइन्छ तर पढ्ने धैर्य भने अवश्य चाहिन्छ ।

- भैरव रिसाल, वरिष्ठ पत्रकार

यो पुस्तक पढेपछि महाकाली सन्धिमा को कृष्ण, को कौरव, को पाण्डव अनि को शकुनि ? छुट्याउन पाठकलाई समय लाग्ने छैन। साथै विदेशी कम्पनी र दूतावासका कर्मचारीहरू नेपालमा जलस्रोतसम्बद्ध योजना हात पार्न केसम्म गर्न तयार हुँदा रहेछन् भन्ने बुझ्न पनि कठिनाइ हुने छैन। यसबाहेक नेपालको जलस्रोतका बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेका लागि त यो सुनखानी नै हो ।

- सन्तबहादुर पुन, पूर्व विशेष अधिकृत (अफिसर अन स्पेसल ड्युटी), जलस्रोत मन्त्रालय

Related Products

View All
Naya Ishwar Ko Ghoshana | नयाँ ईश्वरको घोषणा

Naya Ishwar Ko Ghoshana | नयाँ ईश्वरको घोषणा

Rs. 300
Sat Premium Prep 2022
5%

Sat Premium Prep 2022

Rs. 2,127 Rs. 2,238
Save Upto Rs 111
Seto Bagh (सेतो बाघ)

Seto Bagh (सेतो बाघ)

Rs. 650
Manche ko Man (मान्छेको मन)

Manche ko Man (मान्छेको मन)

Rs. 485
Swasthya Bigyan (स्वास्थ्य विज्ञान)

Swasthya Bigyan (स्वास्थ्य विज्ञान)

Rs. 385
Natural History of the Wild Side of Everest

Natural History of the Wild Side of Everest

Rs. 1,800